धनगढी- कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर शनिबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती छिन्।
घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्ने क्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।