काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले एटिआर ७२–५०० सिरिजको जहाज थप गरेको छ।
_x000D_
_x000D_
योसँगै यतीसँग ३ वटा एटिआर जहाज भएको छ। यसबाहेक पनि यतीसँग पुराना ६ वटा जेटस्ट्रिम जहाज छन्।
_x000D_
_x000D_
थप गरिएको एटिआर जहाज ‘कलसाइन ९–एन एएलएन’ रहेको छ। यतीले ल्याएको जहाज फ्रान्सको टुलुस–इटाली–इजिप्ट–मस्कट हुँदै काठमाडौंमा अवतरण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।