• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

भूकम्पले खुट्टा गुमाएका ऋषिको स्वावलम्बी भएर बाँच्ने इच्छा

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १४, २०८१  १५:०५
1140x725

काठमाडौँ- ९ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किन्छन्। जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उनलाई।

विदेश जाने भनेर घरबाट निस्केका उनी विदेश पुग्न त पाएनन्, झण्डै यस संसारबाटै सदाको लागि बिदा हुनुपरेको थियो। विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने उनको सपना त पूरा भएन नै। विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाउनुपर्‍यो। भाग्यले बाँचेका ऋषि अहिले आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन्। दुइटा वैशाखीको भरमा उनको जिन्दगी चलिरहेको छ। 

विदेश जानका लागि उनी काठमाडौं पुगिसकेका थिए। २०७२ वैशाख १४ गते उनको उडान थियो। हवाई टिकट र मेडिकल रिपोर्ट पनि आइसकेको थियो। दिउँसो नयाँ बानेश्वरमा साथी भेट्ने योजना बनिसकेकाले बिहान होटलमा खाना खाएर बाहिर निस्कनै लाग्दा सिङ्गो घरै घुम्न थाल्यो। रिङ्गटा लागेर भाउन्न भएजस्तो भयो। खै के भएको हो कुरा नबुझ्दै उनी बसेको गोङ्गबु नयाँ बसर्पाकस्थित सयपत्री होटलको भवन गर्ल्याम्मै ढल्यो।

अलिपछि थाहा पाउँदा ऋषि खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो। अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो। अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन। आफू बसेको होटल लडेको र आफू त्यसमै च्यापिएको उनलाई थाहा भयो। उनी सम्झन्छन्, ‘सक्दो चिच्याएँ। तर अहँ कसैले सुनेन।’

अवस्था सुन्ने खालको पनि त थिएन।

वैशाख १२ गतेको भूकम्पमा गोङ्गबु क्षेत्रमा धेरै घर भत्किएका थिए। अवस्था कस्तो थियो भने उनी होसमा आएको केही घण्टामा मोबाइल बज्यो तर मोबाइल झिक्न हात गोजीसम्म पुर्‍याउन सक्ने अवस्था नै थिएन। भोक प्यासको कुनै सीमा नै थिएन। बाँच्नका लागि हरसम्भव उपाय गर्दा पनि कुनै विकल्प थिएन। मर्नुभन्दा बौलाउनु निको भनेझैं उनले कतिपटक त आफ्नै पिसाब पिएर पनि प्यास मेट्नुपर्‍यो। 

जतिबेला होसमा आएका थिए, त्यसपछि बाहिर निस्कन अनेक कोसिस गर्दा सम्भव थिएन। विस्तारै केही आवाज आएजस्तो सुनिन्थ्यो। अब त बाँचिन्छ कि भन्ने आश पलाउँथ्यो, उनी गुहार माग्दै चिच्याउँथे तर बाहिर कसैले सुन्न सक्ने अवस्था थिएन। पछि थाहा भयो, त्यो आवाज घर भत्काउन आएको डोजरको थियो। डोजरको आवाज सुन्दा पनि उनलाई भगवान आएजस्तो लाग्थ्यो। 

दिनरात कुनै याद भएन। उनको अनुमानमा दुई दिनपछि केही शव गन्हाउन थालेका थिए। तर विस्तारै नाकले गन्ध पनि खुट्याउन छोडेको थियो। बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो। पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आएको उनी बताउँछन्। पुरिएको तीन दिनसम्म पनि आफ्नो उद्धार गर्न आउने मानिसको चाल नपाएपछि उनलाई बाँच्ने आश मरिसकेको थियो। उनलाई अब कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाडेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

बेला–बेलामा आउने आवाजको पनि विश्वास लाग्न छाड्यो। शरीर पूरै सेतो भइसक्यो, छाम्दा पनि छाला नै आउँलाजस्तो लाग्थ्यो।

‘मानिस एक दिन मर्छ भन्ने सबैलाई थाहा छ। तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा निकै कष्टदायी हुने रहेछ,’ उनी भन्छन्। 

तीन दिनपछि अचानक कतैबाट उज्यालोका किरण उनको आङसम्म परे। कस्तो अचम्म। अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउँलाजस्तो भयो।

उनी सम्झन्छन्, ‘म बोल्न सक्ने अवस्थामा थिइनँ। विस्तारै जीवनका किरण छिराएको त्यो प्वाल अलि ठूलो भयो। कोही बोल्यो, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ। लाइट ल्याऊ, लाइट ल्याऊ, अक्सिजन ल्याऊ’  आदि–आदि।’ 

Xtrem

Xtrem

अलिबेरमा उनलाई एउटा पाइपबाट अक्सिजन आयो। अक्सिजन आउन थालेपछि खाना खाएजस्तो लागेको उनी सम्झन्छन्। सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो। कसैले उनको मुखसम्म पानी पुर्‍यायो। झण्डै ८२ घण्टासम्म घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाब पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो हो? यसको केवल अनुमान मात्र गर्न सकिन्छ। 

वैशाख १२ गते पुरिएका ऋषिको १६ गते उद्धार भएको थियो। ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो। उनीसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो। उनी भन्छन्, ‘खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थेँ होला।’

ऋषिले राति १२ बजे घरमा फोन गरे। आमाको बोली सुन्दा आवाजै निस्केन। श्रीमतीसँगको फोन वार्तामा पनि मात्र सुकसुक निस्कियो।

गोङ्गबुमा रहेको भूकम्पले भत्किएको सात तले गेष्ट हाउसले च्यापिएका जीवितै उद्धार भएको विभिन्न सञ्चार माध्यममा समाचार पनि बन्यो । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरेको थियो। अहिले उनलाई पुनर्जीवन पाएकामा खुसीको कुनै सीमा त छैन नै तर त्यसले मात्रै छाक टर्ने रहनेछ। अहिले बाँच्नका लागि पनि उत्तिकै सङ्घर्ष गरिरहनुपरेको छ। अहिले आफूलाई दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको उनको भनाइ छ। कहिलेकाहीँ त उनलाई लाग्छ, ‘बरू उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान्।’ 

उपचारका लागि उनी पटक–पटक काठमाडौं जानुपरेको थियो। उनको उपचारको क्रममा एउटा खुट्टा काटिएको छ। त्यतिबेला उपचार खर्च त सरकारले व्यहोरेको थियो तर काठमाडौं आउजाउ, औषधि खर्च गर्दा रु पाँच लाखभन्दा बढी खर्च लागेको छ। विगत भुल्ने प्रयास गरे पनि ऋषिलाई भविष्यकै चिन्ता छ। उनलाई कुनै सिप सिकेर जीविकोपार्जन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।

काठमाडौंमा विभिन्न सङ्घसंस्थाले निःशुल्क सीपमुलक तालिम दिने बताएका थिए तर ती संस्थाले सम्पर्क नै गरेनन्, कसैको आश गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको।

काठमाडौंमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरूले सीपमूलक तालिम लिन नसकेको उनले बताए।

‘खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर अङ्गभङ्ग भएकाहरूले सीप सिकेर केही काम गरेर खान सक्ने थियौं,’ उनी भन्छन्।

सरकारले अपाङ्गहरूलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाइदिनुपर्ने उनको माग छ। 

उनलाई कतैबाट सहयोग त आएन नै, सामान्य प्रक्रियाबाट पाइने अपाङ्ग परिचयपत्र समेत उनले अहिलेसम्म पाएका छन्।

‘अपाङ्ग परिचयपत्र पनि पाउन नसक्ने हामी कति अभागी। ‘क’ वर्गको परिचयपत्र भए रु चार हजार मासिक त आउने थियो त्यही पनि छैन। कसले हेर्छ र हामीलाई? सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्छ भनेर  भन्छ, खै त हामीलाई सहयोग गरेको?,’ आँखाभरि आँसु पार्दै उनले भने। 

उनका दुई छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन्। जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दैछन्।

‘मेरो बारेमा प्रचार सामग्री बनाएर धेरैले लाखौं आम्दानी गरेका छन्,’ आफ्नो दुःखकष्ट बेचेर धेरै जना लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ। उनले भने, ‘भेटेको बेला सबैले सहयोग गर्छौं भन्छन् तर कसैले गर्दैनन्। गाउँमा बसेको छु विदेश पनि जान सकिनँ। गोरखा भूकम्पले मेरो जीवन अधकल्चो पार्‍यो।’

-रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्