• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १४, २०८१  १३:१५
1140x725

सुर्खेत- कर्णाली प्रदेशमा विगत चार वर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ। 

उक्त तथ्याङ्कअनुसार मुगुमा रु ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ।    त्यस्तै, जुम्लामा रु ११ करोड ६६ लाख ४७ हजार बराबरको क्षति भएको छ। कर्णालीमा आर्थिक वर्ष २०७७/०७८, ०७८/०७९, ०७९/०८०, र चालु आवको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका छन्।

आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए।

ओलीका अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ–छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई-दुई जनाको मृत्यु भएको छ। दुई सय ७८ घर परिवार विस्थापित भएका छन्। तीन सय ५८ वटा पशुचौपायाको क्षति भएको छ। 

चार वर्षमा सबैभन्दा बढी जुम्लामा एक सय २३ घर परिवार विस्थापित भएका छन्। सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा चार, हुम्लामा दुई घर परिवार विस्थापित भएका हुन्। 

आगलागी तथा विभिन्न विपद्मा तत्काल उद्धारका लागि कर्णालीका १० वटै जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली २४सै  घण्टा तयारी अवस्थामा राखिएको प्रवक्ता ओलीले जानकारी दिए।

आगलागी तथा वन डढेलो नियन्त्रणका लागि प्रहरी एक्लैले सम्भव नभएकाले स्थानीय सरकार तथा समुदायले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो। कर्णालीमा वनजङ्गल नजिकै बस्ती र खरको छानो भएकाले आगलागीका घटना धेरै हुने गरेका छन्। चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा सात जनाको मृत्यु भएको छ।

गत चैत २ मा बाख्रा चराउन गएका कालीकोटको खाडाचक्र-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उहाँकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो। नन्दरामका ४५ वटा बाख्रा जलेर मरेका थिए।

Ncell 2
Ncell 2

यस्तै चैत ३० गते हुम्लाको सर्केगाड गाउँपालिका-८ रादेउ कुरिल्ला लेखको आफ्नै भेँडीगोठमा राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको थियो। भेँडीगोठको आगलागीबाट ६० वटा भेँडासमेत मरेका थिए। चैतमै ३० मा डोल्पामा आगलागीमा परी १० वर्षका सुलज बुढाको मृत्यु भयो। उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा बुढाको मृत्यु भएको थियो।

त्यसैगरी चैत २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका नेपाली सेनाको देवीदत्त गुल्मका तीन जना सिपाहीको मृत्यु भएको थियो। मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्गा मगर र हुम्ला घर भएका २३ वर्षका सिपाही आशीष बुढा र जुम्लाको तातोपानी गाउँपालिका-४ का २४ वर्षीय हेमन्त रावत थिए।

कर्णालीमा अझै कतिपय घरमा टुकी, दियालो बाल्ने गरेको र चुरोट तमाखु खाँदा फालिएको आगोलगायतले आगलागी हुने गरेको प्रहरीको भनाइ छ। सहरी क्षेत्रमा भने विद्युत् सर्ट भइ आगलागी हुने गरेका छन्।

गाउँका सामुदायिक वनमा घाँस राम्रो पलाउने भन्दै आगो लगाउने प्रवृत्ति रोकिएको छैन। गोठालो जाने स्थानीयवासी र बालबालिकाले आगो लगाउने गरेका छन्। आगो लगाउँदा कसैले कारबाही नभोगेका कारण बर्सेनि आगलागीका घटना बढेको हो। यसरी आगो लगाउँदा वनक्षेत्रसँगै  जङ्गली जनावार, चरा चुरुङ्गी मासिने गरेको छ। 

-रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्