• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ६, २०८१  २०:१५
1140x725

काठमाडौँ- नेपाल औषधि उत्पादक संघ (एपोन)को पछिल्लो तथ्यांकलाई हेर्दा नेपालमा औषधि उद्योगको संख्या बढ्दै गएको तर बजार हिस्सा भने घट्दै गएको देखिएको छ। कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय नेपाली उत्पादकहरुको बजार हिस्सामा कमी आउँदै गएको संघको अनुमान छ।

एपोनले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपाली उद्योगका औषधिले चार अर्बको बजार हिस्सा गुमाएका छन्। एपोनले संकलन गरेको खुत्रुके तथ्यांकले उक्त विषय बाहिर ल्याएको हो। उक्त तथ्यांक अनुसार गत वर्ष नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो। तर यो वर्ष २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ।

एपोनका अनुसार नेपालमा भ्याक्सिन सहित एक वर्षमा ९० अर्बको औषधिको कारोबार हुँदै आइरहेको छ। त्यसमध्ये नेपली कम्पनीको कारोबार यो वर्ष २९ अर्ब ३६ करोड मात्र देखिएको छ। बाँकी रहेका औषधिहरु भारत लगायतका देशबाट आयात हुँदै आइरहेको छ।

बन्द हुँदै केही उद्योग
औषधि उत्पादकहरुकै अनुसार नेपाली औषधि उत्पादनको क्षेत्रमा अहिले संकट देखा परेको छ। एपोनकै तथ्यांक अनुसार पछिल्लो समय नेपालका ५० प्रतिशत उद्योगमा संकट देखिएको छ। एपोनका पूर्वअध्यक्ष शंकर घिमिरेका अनुसार नेपालमा रहेका ८० एलोपेथिक उद्योगमध्ये ४० वटा कम्पनीले बिक्री गर्न चाहिरहेका छन्। ‘हाम्रो आफ्नै एउटा उद्योग बन्द हुने अवस्थामा पुगेपछि हाम्रै अर्को उद्योगमा मर्ज गर्न बाध्य भयौँ,’ उनले भने, ‘धेरै उद्योगहरु राम्रो मूल्य आयो भने बिक्री गर्छु भन्दै हिँडेको अवस्था छ।’

कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय आठ वटा नेपाली औषधि उत्पादन कम्पनीको उत्पादन लगभग बन्द जस्तै देखिएको छ। सिधै उत्पादन बन्द भयो भन्दा बैंकको कर्जा लगायत अन्य प्राविधिक समस्या देखिने भएपछि संकटमा रहेका कम्पनीहरुले केही उत्पादन गरेको बताउँदै आइरहेका छन्। 

स्वास्थ्यखबरले संकटमा रहेका केही औषधि कम्पनीहरुसँग कुराकानी गरेको थियो। सो क्रममा केहीले उत्पादनै ठप्प रहेको स्वीकार गरे भने केहीले बैंकको कर्जा, कानुनी अड्चन लगायतका कारण बन्द नै गरेको भनेर औपचारिक रुपमा भन्न नमिल्ने जानकारी दिएका छन्।

नेपालका ८० वटा औषधि उत्पादक कम्पनीहरुमध्ये अहिले ८ वटा कम्पनीको उत्पादन बन्द छ। यस्तै, थप १५ वटा कम्पनीको उत्पादन पनि बन्द हुने अवस्थामा पुगेको छ।

डेनियमका प्रबन्ध निर्देशक कुमार चौधरीले आफ्ना उत्पादन बन्द रहेको स्वीकार गर्दै भने, ‘हाम्रो कम्पनीको उत्पादन बन्द भएको लामो समय भइसकेको छ। कर्मचारीहरुलाई बिदामा राखेका छौं। बैंकको नीति र अन्य विविध कारणले गर्दा उद्योगमा आर्थिक संकट देखिएको हो।’ उनले कम्पनीबाट अब कहिलेबाट फेरि औषधि उत्पादन हुन्छ भन्ने विषय अझै अन्योलमा नै रहेको जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

केही महिनादेखि उत्पादन बन्द भएको अर्को कम्पनी हो केमिड्रग इन्ड्रस्ट्रिज प्रालि। वर्तमान आर्थिक संकटको असरभन्दा पनि कम्पनीको आफ्नै आन्तरिक कारणले उत्पादन बन्द भएको बताउँछन् कम्पनीका प्रबन्ध निर्देशक उत्तम द्वा। ‘हाम्रो आन्तरिक कारणले गर्दा उत्पादन बन्द भएको हो। छिट्टै नयाँ पार्टनरहरु सहित उत्पादनमा जानेछौं,’ उनले भने, ‘नयाँ पार्टनरहरुसँग लगभग कुरा टुंगिसकेका कारण फेरि उत्पादन गर्ने तयारी भइरहेको छ।’ उनले कम्पनीमा रहेका कर्मचारीहरुलाई बिदामा राखिएको र फेरि काममा लगाउने तयारी भइरहेको पनि जानकारी दिए।

शिव फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक मनोज अग्रवाल उत्पादन पूर्ण रुपमा बन्द भइनसकेको तर धेरै प्रकारका उत्पादन भने बन्द गरेको बताउँछन्। ‘सबै प्रकारका औषधिको उत्पादन बन्द गरेका भने छैनौं। पहिला ७०/८० प्रकारका औषधि उत्पादन हुन्थ्यो। अहिले हामी २०/२५ वटा मात्र उत्पादन गरिरहेका छौं,’ उनले भने। नेपाल राष्ट्र बैंकको नीति, सरकारकै नीति तथा कानुन र अहिलेको बजारका कारण औषधि क्षेत्रमा समस्या आइरहेको उनले बताए। 

औषधि व्यवस्था विभागका एक कर्मचारीका अनुसार यी सहित थप १५ वटा कम्पनीको उत्पादन बन्द हुने अवस्थामा पुगेको छ। ‘औषधि कम्पनीहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, उत्पादनको डुप्लिकेसन, बजारको अध्ययन बिना हचुवाका भरमा उत्पादन, छोटो समयमा नै धेरै नाफा कमाउने चाहना लगायतका कारण कम्पनीहरुमा समस्या देखिएको हो,’ ती कर्मचारीले भने, ‘यसमाथि अहिले झन् देशकै अर्थतन्त्रमा संकट आएका कारण कम्पनीहरु थप संकटमा परेका हुन्।’ 

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल उत्पादन बन्द भएका कम्पनीहरुका विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताउँछन्। ‘समस्यामा परेका कुराहरु अनौपचारिक रुपमा केही आइरहेको छ,’ उनले भने, ‘तर औपचारिक रुपमा नै उत्पादन बन्द भएका कम्पनीको विषयमा अहिलेसम्म हामीलाई जानकारी छैन।’ 

Xtrem

Xtrem

सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखाना समेत सरकारको लगानीको बाबजुद पनि बौरिन सकेका छैनन्। लामो समय बन्द रहेर पुनः सञ्चालनमा आएको लिमिटेडलाई सरकारले प्राथमिकता दिने बताए पनि लिमिटेड संकटमै रहेको छ। यस्तै वैद्यखाना पनि संकटकै कारण कहिले बन्द त कहिले केही औषधि मात्र उत्पादन गर्ने अवस्थामा आइपुगेको छ।

‘४० प्रतिशत उत्पादन कम, २० प्रतिशत बेरोजगार’
नेपाली औषधि उत्पादक कम्पनीहरुले पछिल्लो केही समययता औषधि उत्पादन नै कम गर्दै आइरहेका छन्। कोभिड महामारीपछि अधिकांश कम्पनीको उत्पादन कम हुन थालेको एक औषधि उत्पादकले जानकारी दिए। कोभिडपछि औषधिको खपत समेत कम भएको र स्वास्थ्य बीमाका कारण विगतमा जस्तो बाहिर बजारमा धेरै मात्रामा औषधिको बिक्री–वितरण नहुँदा कम्पनीहरुमा समस्या आइरहेको उनले जानकारी दिए। यसका साथै कम्पनीहरुले विगतमा जस्तै बैंकहरुबाट धेरै मात्रामा ऋण नपाउँदा पनि समस्या भइरहेको उनी बताउँछन्।

‘पहिला पहिला वर्किङ क्यापिटल लोन टर्न भरको ८० प्रतिशतसम्म पाइन्थ्यो। तर अहिले राष्ट्र बैंकले नयाँ नियम ल्याउँदै ५० प्रतिशत मात्र दिने व्यवस्था गर्दा कम्पनीहरु समस्यामा परेका छन्,’ उनले भने, ‘यसका साथै बजारमा औषधिको उधारो नै धेरै हुने र स्वास्थ्य बीमाका कारण सरकारी अस्पतालका फार्मेसीबाट औषधि लैजाने जमात धेरै हुँदा पनि कम्पनीहरु मारमा परेका हुन्।’

उनका अनुसार देशको अर्थतन्त्रमा आएको समस्यासँगै औषधि पसलहरुले होलसेलरहरुको उधारो बाँकी नै राख्ने, होलसेलरले पनि पसलबाट पैसा नउठेको भन्दै कम्पनीमा धेरै रकम बाँकी राख्ने गर्दा पनि कम्पनीहरुले कच्चा पदार्थ खरिददेखि नयाँ प्रविधि भित्र्याउने र जनशक्ति थप गर्न नसकेका हुन्।

नेपाली कम्पनीहरुले तयार पारेको पछिल्लो अनौपचारिक विवरण अनुसार पछिल्लो दुई वर्षदेखि नेपालका कम्पनीहरुबाट उत्पादन हुने औषधिमा ४० प्रतिशतले गिरावट आएको छ। यसका साथै दुई वर्षदेखि कम्पनीहरुले नयाँ जनशक्ति थप समेत गरेका छैनन्। यही बीचमा कम्पनीहरु बन्द हुने र बन्दको मुखमा पुगेका कारण औषधि उत्पादनको क्षेत्रमा पछिल्लो समयमा २० प्रतिशत बेरोजगार भइसकेको उत्पादकहरु बताउँछन्।

‘कम्पनीहरुमा कोही कर्मचारी छाडेर विदेश गएको, उमेरका आधारमा अवकाश लिएका वा विविध कारणले छाडेका छन् भने कम्पनीहरुले उक्त स्थानमा नयाँ कर्मचारी नै राखेका छैनन्,’ एक उत्पादक कम्पनीका सञ्चालकले भने, ‘चार/पाँच वटा कम्पनी बाहेक अधिकांशमा अहिले समस्या देखिएको छ।’ उनका अनुसार पछिल्लो समय कम्पनीहरुले विगतमा जस्तो ओभरटाइम चलाउन समेत छाडेका छन्। भइरहेका कर्मचारीलाई काममा लगाउनका लागि आठ घण्टा मात्र कम्पनी चलाइरहेको अवस्था छ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल ८० वटा औषधि उद्योगहरु छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्