काठमाडौं-६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै रोगहरुबाट सुरक्षित रहन नियमित खोप लगाउन आग्रह गरेको छ ।
खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सक्ने पनि मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा नि:शुल्क खुवाउन थालेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।