काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लागू औषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरिरहेको छ। लामालाई बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन्। यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए। लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।