एजेन्सी–भारतको छत्तीसगढमा गरिएको कारबाहीमा २९ माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । माओवादीप्रभावित काँकेरको छोटेबेटिया क्षेत्रमा भिडन्तमा उक्त संख्यामा माओवादी मारिएको जनाइएको हो ।
भिडन्तमा सुरक्षा बलका ३ जवान पनि घाइते भएका छन् । भारतीय माओवादीले यही १९ अप्रिलमा हुने लोकसभा चुनाव बहिस्कारको घोषणा गरेकै बेला यो कारबाही भएको हो ।
प्रहरीले विज्ञप्ति जारीगर्दै छोटेबेटिया क्षेत्रमा मंगलबार अपराह्न भिडन्त भएको र घटनास्थलबाट २९ माओवादीको शव बरामद गरिएको जनाएको छ।
केन्द्रीय गृहमन्त्री अमित शाहले विज्ञप्ति जारी गर्दै प्रहरी कारबाहीको प्रशंसा गरेका छन् भने घाइते प्रहरी जवानको स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।