कैलाली- कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बाहुनपुरकी १९ वर्षीया तारा जैशीको सम्पूर्ण उपचार लम्कीचुहा नगरपालिकाले गर्ने जिम्मा लिएको छ।
_x000D_
_x000D_
सोमबार ‘दुई वर्षदेखि बाख्राको खोरमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि मंगलबार लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाई जैशीको घरमै भेटन पुगेका थिए। भेटका क्रममा नगर प्रमुख बजगाईले जैशीलाई तत्काल उपचारका लागि नेपालगञ्ज पठाउने र उपचार खर्चको जिम्मा नगरपालिकाले व्यहोर्ने बताए।
_x000D_
_x000D_
यस्तै नगरपालिकाले जैशीलाई मासिक खर्च, लुगा कपडाको व्यवस्था पनि गर्ने बताए। नगर प्रमुख बजगाइले ग्रामीण विद्युत सहकारीसंग कुराकानी गरी जैशीको घरमा जडान भएको विद्युत महशुल निःशुल्क गर्न पनि आग्रह गरेका थिए।
_x000D_
_x000D_
नगर प्रमुख बजगाईले ताराकी आमा सुर्जकलालाई घरमै छोरीको हेरचाह गर्न र बाँधेर नराख्न पनि अनुरोध गरे। ‘तपाईलाई घरमै आयआर्जन गर्ने वातावरण बनाइन्छ। तपाई छोरीको ख्याल गर्नुहोस्’ नगर प्रमुख बजगाईले आमा सर्जुकलासँग अनुरोध गरे।
_x000D_
_x000D_
मानसिक रूपमा अस्वस्थ तारालाई बाध्य भएर बाध्नु परेकाे अामा सर्जुकलाले बताइन्। आमा सुर्जकलाका अनुसार ताराले घरबाट भाग्ने, शरीरको कपडा च्यात्ने, जथाभावी सामान फ्याक्ने गर्छिन्।
_x000D_
_x000D_
आर्थिक अवस्था निकै कमजोर भएकी सुर्जकलाको परिवारका सदस्य दिउँसो मजदूरी गर्न वा वनबाट दाउरा ल्याएर बेच्न जानुपर्ने भएकाले तारालाई बाँधेर राख्नु परेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।