काठमाडौं– बलात्कार गरेको अभियोगमा प्रहरीले बारा र रौतहटबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने मध्ये बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ खैरघारी बस्ने १८ वर्षीय एनुष राई र रौतहट चन्द्रपुर नगरपालिका-१ बस्ने ३१ वर्षीय रामकृष्ण सहनी छन्।
राईले मंगलबार सोही स्थान बस्ने ५ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको आरोप लागेको छ।
त्यस्तै सहनीले रौतहटकै १६ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
सहनीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। घटनाको अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।