• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङले जिते चौथो मञ्जुश्री ट्रेल रेसको उपाधि

64x64
नेपाल लाइभ आइतबार, चैत २५, २०८०  ०६:२२
1140x725

काठमाडौँ- खेल पर्यटनलाई प्रवर्द्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ। 

प्रतियोगिताका विभिन्न चरणका दौडमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन्।

उनले एक सय माइलको दूरी २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए। यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका छन्।

यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४०  सेकेन्डमा दौड पूरा गर्दै विजय मगर तेस्रो भए।

एक सय किलोमिटरको दौड १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोका मगर विजेता बनेका छन्। यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरी फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७  सेकेन्डमा दौड पूरा गरी अविनाश देवकोटा तेस्रो भए।

साथै ५० किलोमिटर दौड प्रतियोगिता अन्तर्गत सात घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ आठ घण्टा २२ मिनेट पाँच सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने। यस दलौमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमशः सात घण्टा १८ मिनेट ११ सेकेन्डमा र नौ घण्टा १३ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भएका छन्।

यस्तै पुरुषतर्फ दीपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमशः आठ घण्टा चार मिनेट ३६ सेकेन्डमा र नौ घण्टा १६ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए।

यस संस्करणमा एक सय माइल, एक सय  किमि र ५० किमि प्रतियोगिताक शीर्ष पाँच खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा छनोट भएको अध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल  दौडमा प्रतिष्पर्धा गर्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

 त्यस्तै ३० किलोमिटर दौड चार घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने भने  चार घण्टा ५७ मिनेट २९  सेकेन्डमा दौड पूरा गर्ने लुकास सेर्डन दोस्रो र चार घण्टा ५७ मिनेट ४५  सेकेन्डमा दौड सम्पन्न गर्ने एण्ड्रियु एलकक तेस्रो भए।

यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले छ घन्टा ४५ मिनेट २१ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फको ३० किलोमिटर दौड प्रतियोगितामा  विजेता बनिन्।

बेलायतकी जेन्नी चाप्लिनले सात घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी दौड पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले सात घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन्।

दश  किलोमिटर दौड एक घण्टा दुई मिनेट पाँच सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए भने एक घण्टा दुई मिनेट छ सेकेन्डमा दौड  पूरा गरेर रेम बुढामगर दोस्रो र  एक घण्टा दुई मिनेट आठ सेकेन्डमा दौड पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यक्ष थापाका अनुसार प्रतियोगितालाई समावेशी बनाउन आज दुई किलोमिटरको विशेष दौड समेत सम्पन्न गरिएको छ। जसमा अपाङ्गता भएका बालबालिकाहरु सहभागी थिए। नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो दौड प्रतियोगितमा १३ बालबालिका सहभागी थिए। जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने। 

शुक्रबार बिहान ८ बजे इचङ्गुनारायणस्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट एक सय माइलको दौड सुरू भएको थियो। 

धावकहरुले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए। सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल नौ हजार आठ सय मिटरको उचाइ लिएका थिए। 

अध्यक्ष थापाका अनुसार दौडअन्तर्गत छोटो दूरीका दौड पनि प्रतियोगिता गरिएका थिए। जसअन्तर्गत एक सय किलोमिटरको दौड झुलेबाट, ५० किलोमिटरको दौड  बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज दौड फर्पिङको डोल्लुबाट सुरू भएको थियो। 

ट्रेलमाण्डुको यो प्रतियोगितामा पाँच स्टेज दौडको फाइनल दौड हो। शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको दौड सुरू भइ सिङ्गल ट्रीमै सकिएको यस दौडमा एक सय धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए।

 शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको दौडमा नेपालसहित १६ मुलुकका तीन सय २४ धावकहरू सहभागी भएका थिए। जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ। सहभागी धावकमध्ये यस्तै दुई सय ८९ जना पुरुष र ३५ जना महिला रहेका थिए। विभिन्न चरणमध्ये सय माइलको दौडमा चार महिला सहित १८ धावक सहभागी थिए।

यस संस्करणमा नेपाल, चीन, सिङ्गापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए।

एक सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने दौडभन्दा मञ्जुश्री ट्रेल दौडको महत्व बढ्दै गएको बताउँछन्। त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि दौडमा सहभागी भएको उनले सुनाए। उनले सन् २०२२ को आफ्नै रेकर्ड तोड्दा एकदमै खुशी भएको समेत सुनाए।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए। त्यसपश्चात उनीहरूले सन् २०१६ मा यो रूट छिचोले। जिमी ओस्त्रोम,  राज प्रधान,  नारायण आचार्यलगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए। 

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापाको भनाइ छ। 
    
आयोजकका अनुसार एक सय माइलको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। एक सय किलोमिटर दौडका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

पचास किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु २० हजार, रु १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

- रासस

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय २०८३ सालको ३१ दिनको असोज महिनामा पनि २२ दिनमात्र सरकारी कार्यालय खुलेका थिए । शनिबार, कात्तिक ७, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तर्गत हुम्लामा महिला भलिबल खेलका खेलाडी छन... बिहीबार, असोज २९, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्