काठमाडौं- सुनसरीको भुटाहामा गोली चलेको छ। दुई समूहबीच झडप भएपछि अवस्था नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।
हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटना नियन्त्रण बाहिर गएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको हो। प्रहरीले ११ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ।
दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि विराटनगर लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।