काठमाडौं- ‘बलिदान’मा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन्। सिनेमाका निर्माता सन्तोष सेनले बिहीबार ऋचासँग कागजी सम्झौता गरेका हुन्।
सिनेमामा परिचित अनुहारलाई अनुबन्धित गराइरहेको यो सिनेमामा ऋचाको भूमिकाका बारेमा कुनै जानकारी दिइएको छैन्। निर्माणपक्षले सिनेमामा उनी मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिएको छ।
वैशाखको अन्तिम साताबाट फ्लोरमा जाने सिनेमामा डेब्यू अभिनेता समिर भट्टको प्रमुख भूमिकामा हुने बताइएको छ।
सिनेमाले राजीतिक-सामाजिक विषयको कथा सिनेमामा पेस गर्नेछ।
सिनेमामा यसअघि नै सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा अनुबन्धित भइसकेको छ।
आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा बन्न लागेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी छन्
फिल्मलाई आगामी दशैंको फूलपाती, असोज २४मा रिलिज हुने निर्माणक्षले घोषणा गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।