काठमाडौं- अप्रिल १० मा अजय देवगन स्टारर 'मैदान' रिलिज हुँदैछ। चार-पाँच वर्षदेखि सर्दै आइरहेको यो सिनेमाले अन्ततः आफूलाई सिनेमाघरसम्म ल्याइपुर्याएको हो।
यस वर्ष 'शैतान' सिनेमाबाट सन् २०२४ को सुखद् सुरुवात गरेका अजयको यो वर्ष 'मैदान'का अलावा थप दुई सिनेमामा रिलिज हुनेछन्। यी दुवै सिनेमा सिक्वल हुन्। यो वर्ष उनको 'सिंघम अगेन' र 'रेड-२' रिलिज हुनेछ।
हाल अजय यी दुवै सिनेमाको काममा व्यस्त रहेका छन्। यी दुईमध्ये सबैभन्दा पहिले 'सिंघम अगेन' अगस्ट १५ को सेरोफेरोमा रिलिज हुनेछ भने 'रेड-२'लाई सेप्टेम्बरमा रिलिज गर्ने योजना रहेको बताइन्छ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार अजय यीसहित ८ सिनेमाको सिक्वलमा काम गर्ने तय भइसकेको छ।
समाचारहरुका अनुसार अजयले 'दे दे प्यार दे-२' तथा 'सन अफ सरदार-२'को सुटिङ एकसाथ गर्नेछन्। 'दे दे प्यार दे-२'को पहिलो सुटिङ तालिका १५ को रहेको छ। यो तालिका सकेर उनले 'सन अफ सरदा-२'लाई समय उपलब्ध गराउनेछन्। 'दे दे प्यार दे-२'लाई अंशुल वर्माले बनाउँदैछन् भने 'सन अफ सरदार-२'का निर्देशकको नाम सार्वजनिक भइसकेको छैन।
यो सिनेमालाई पञ्जाबी सिनेमाका चर्चित निर्देशकबाट निर्देशन गर्ने तयारी गरिएको छ।
यी चार सिक्वेल अजयका निश्चित भइसकेका सिनेमा हुन् भने यसका अलावा अण्य ३ सिनेमाको काम चलिरहेको छ। यो सूचिमा 'धमाल-४', 'गोलमाल-४' र 'दृश्यम-३' जस्ता सिनेमा रहेका छन्।
यसैगरी यो वर्षमा सफलता चखाएको 'शैतान-२' समेत बन्ने चर्चा रहेको बताइन्छ। 'शैतान'ले १ सय ५० करोड भारु कमाइ गरेको रिपोर्ट छ।
यो वर्ष अजयको 'औरों मैं कहाँ दम था' सिनेमा पनि रिलिज हुने चर्चा छ। अजय र तब्बुको मुख्य भूमिका रहेको सिनेमाका निर्देशक निरज पाण्डे हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।