काठामाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेलमा एक्स्टेन्सन काउन्टर खोलेको छ।
नगरप्रमुख उद्धव पौडेल र बैंकका नायव महाप्रबन्धक श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा काउन्टरको उद्घाटन गरे।
काठमाडाैंको पूर्वि भूभागमा पर्ने बुढानिलकण्ठस्थित १३ नम्बर वडा कार्यलयमा खोलिएको काउन्टरले चुनिखेल क्षेत्रका आर्थिक कारोबार गर्न सहयोग गर्ने बताइएको छ। काउन्टर स्थापना पश्चात वडाबासी प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन्।
आठ लाख ७० हजार भन्दा बढी ग्राहक रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले देशभरका ७७ वटा शाखा तथा १ सय २ वटा एटिएममार्फत् सेवा प्रवाह गर्दै आएको छ। ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्डका सक्रिय प्रयोगकर्ता रहेको बैंकका ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्र रहेका छन्।
हालै यूरोमनि अवार्डबाट उत्कृष्ट बैंक नेपालको अवार्ड हात पारेको बैंकले पाँच पटक ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेकोे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।