पशुपतिनगर– इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ।
सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भको अध्ययन सकेको हो। इलामको सन्दकपुर गाउँपालिका–४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका–६ जर्मलेसम्म भारतसँग सीमा जोडिएको छ।
सशस्त्र प्रहरीका निरीक्षक हरि रिमालको नेतृत्वमा खटिएको ३१ प्रहरी टोलीले पहिलो चरणमा सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङदेखि रोङ गाउँपालिका– ६ स्थित जिर्मलेसम्मको सीमा क्षेत्रको निरीक्षण र अध्ययन सम्पन्न गरको हो।
इलामको सदरमुकामबाट भदौ २७ गतेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रको सुरक्षा र सीमा स्तम्भको वस्तुस्थितको अध्ययन गरेर आज इलाम सदरमुकाम फर्किएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका प्रहरी उपरीक्षक (एसपी) विदुर खड्काले बताए।
सीमास्तम्भको अध्ययनमा खटिएका सशस्त्र प्रहरी निरीक्षक हरि रिमालका अनुसार नेपाल भारत सीमा क्षेत्रका धेरैजसो सीमा स्तम्भ वरिपरि बाक्लो झाडी फैलिएका कारण भत्किँदै गएको र बाक्लो लेउले ढाकेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।