काठमाडौं- ट्रेलर रिलिजपछि थुप्रै एक्सन सिनेमाको झल्कोको खिचडी भनेर आलोचित भएको अक्षय कुमार तथा टाइगर श्राफ स्टारर ‘बडे मियाँ छोटे मियाँ’लाई बक्स अफिसमा आफ्नो लगानी उठाउन ठूलो कमाइ गर्नुपर्छ। यसो नभएमा सिनेमाले राम्रै घाटा खान सक्छ।
भारतीय सञ्चार माध्यमहरुमा प्रकाशित समाचारका अनुसार सिनेमाको बजेट ३ सय ५० करोड भारु हो। यो लगानी उठ्न कम्तीमा पनि ३ साता लाग्ने अनुमान छ।
इदको अवसरमा सिनेमा रिलिज हुने भएकाले दुई दिन सिनेमाले राम्रो कमाइ गर्ने अनुमान छ। रिलिजका दुई दिनमा सिनेमाले ४० देखि ५० करोड ओपनिङ हुने अनुमान हुँदै आएको छ। यस हिसाबले सिनेमाले एक साताको अवधिमा सय करोडको आँकडा पार गर्नेछ।
यो सिनेमाले बक्स अफिसमा राम्रो प्रदर्शन गरेमा मात्र सम्भव छ। ठूला स्टारकास्ट र महँगा एक्सन सिनका कारण सिनेमाको बजेट ३ सय ५० करोड भारु पुगेको हो।
अलि अब्बास जफर निर्देशित सिनेमा अक्षय र टाइगरका अलावा मानुषी छिल्लर, सोनाक्षी सिन्हा, पृथ्वी राज लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।