• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गोठालो जान सीमा पास माग्दै लप्चीका स्थानीय

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०८०  १८:५९
1140x725

दोलखा- ‘सरकार हामी चौँरी गोठाला हौँ तर गोठालो जान पाएनौँ पास बनाइदिनुपर्‍यो,’ बिगु गाउँपालिका– १ लप्ची सीमाका स्थानीय फुर्वाथार्के शेर्पाले आइतबार दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई अनुरोध गरे।

सुरुमा शेर्पाको अनुरोध सुन्दा सबै छक्क परे पनि यो समस्या नेपाल र चीन सीमामा लप्चिका स्थानीयको वास्तविक समस्या थियो। लप्ची नाकाका स्थानीयवासी तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रजिअ समक्ष सीमा पास मिलाइदिन अनुरोध गरेका छन्। आफूहरुले गोठमा पालेको चौँरी चरनमा समस्या भएपछि सीमा पास माग्न उनीहरु सदरमुकाम आएका हुन्। 

प्रजिअ पोखरेललाई भेटेर उनीहरुले चीनतर्फ चौँरी चरनका लागि लैजाँदा चिनियाँ प्रतिनिधिले सरकारी पास खोजेपछि गोठालो जान नपाएको गुनासो सुनाए। चौँरी चरनका लागि गोठालो लैजाने ठाउँमा चिनियाँ पक्षले आर्मी क्याम्प बनाएर बसेको र सीमा पास मागेपछि गोठालो जान, चौँरीको घ्यू, छुर्पी, चौँरीका बाच्छा किनबेच गरी नुन चामल किन्न नपाएको उनीहरुको गुनासो छ। 

कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीयवासी आर्थिक मारमा परेका छन्। गएको दसैँमा केही समय सीमा खुला हुँदा राहत भएको थियो। तर अहिले पास चाहिने भएपछि स्थानीयले सीमा वारपार गर्न सकेका छैनन्।

लप्चीका स्थानीयवासीले हाइड्रोपावरले पैदल हिँड्ने बाटो पनि बिगारेपछि सदरमुकाम आउने बाटोमा डोरी टाँगेर हिँड्नुपर्ने अवस्था भएको प्रजिअलाई गुनासो पोखे। ‘हामी हिँड्ने पुरानो बाटो हाइड्रोपावरको संरचना निर्माणका क्रममा भत्किएको छ त्यो पनि निर्माण भएन,’ स्थानीय वाङचुक शेर्पाले भने, ‘हामी पहिले नाकामा नागरिकताको प्रमाणपत्र देखाएर सीमा वारपार गर्थ्यौं, अहिले सीमाबाट सुन तस्करी हुने आशङ्कामा कडाइ गरेपछि पास माग्न थाल्यो।’ 

nimb
nimb
Ncell 2
Ncell 2

बिगु गाउँपालिका–१ लामा बगरमा प्रतिकिलो रु ३० पर्ने नुन लप्ची पुग्दा प्रतिकिलो रु एक सय ६० पर्ने स्थानीयको भनाइ छ। चीनतर्फ वारपार गर्न पास भएमा दुई रुपैयाँ घोर्मु (युआन) मा नुन पाउने शेर्पाको भनाइ छ। सीमा पासका लागि कागजात राज्यले नदिँदा स्थानीयले दैनिक उपभोग्य सामग्री हेलिकप्टरबाट ढुवानी गर्नु परेको छ। एक बोरा चामलकै मूल्य रु नौ हजार पर्ने गरेकोले दैनिकी चलाउनै गाह्रो भएका लप्चीका स्थानीय रेछेन शेर्पाले बताए।

दोर्जे गुम्बा तथा ध्यानकेन्द्रका लामा खेप्पुङुटुप शेर्पाले लप्चीमा मोबाइल फोन नचल्ने र टेलिकमलाई पटकपटक टावर निर्माण गरिदिन आग्रह गरे पनि बेवास्ता गरेको बताए। उनले स्थानीय सरकारलेसमेत लप्चीको समस्या समाधानमा पहल नगरेको आरोप लगाए।

लप्चीका स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले पासका लागि माथिल्लो निकायमा पहल गरिरहेको र हप्ता दिनभित्रै सीमा पासको परिचयपत्र उपलब्ध गराउने आश्वासन दिएका छन्। उनले सकेसम्म लप्चीमा नागरिकलाई राज्यको प्रतिनिधिको उपस्थितिमा पास उपलब्ध गराउने बताए।

बिगु गाउँपालिका–१ लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसङ्ख्या छ। लप्चीमा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने लामा गुफा र लप्चीगुम्बासमेत रहेको छ। लप्ची गुम्बामा एक सय २० जना लामाले बौद्ध धर्मको अध्ययन गरिरहेका छन्। 

-रासस

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत' शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा शुक्रबार, असार ५, २०८३
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्