काठमाडौं– स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौं महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बीचमा सहकार्य हुने भएको छ।
मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसका लागि आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाबाट सहयोग हुने र यसबाट एकीकृत केन्द्र सञ्चालन सहकार्य गर्ने सहमति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।