काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। पार्टीको संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियासँग समानान्तर रूपमा आफ्नो अधिवेशन अघि बढाउन देउवा समूहले विभिन्न जिल्लामा संयोजक तोक्न थालेको हो।
संस्थापन पक्षले असोज १६ गतेदेखि १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। त्यसको एक दिनअघि अर्थात् असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी देउवा समूहले तयारी गरिरहेको छ।
१५औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार अधिकांश जिल्लामा संयोजक तोकिसकिएको छ। बाँकी जिल्लामा पनि जिम्मेवारी तोक्ने काम भइरहेको र शुक्रबारसम्म औपचारिक रूपमा नाम सार्वजनिक गरिने उनले बताए।
प्राप्त विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा संयोजक तोकिएका छन्। मधेश प्रदेशका सबै जिल्लासहित अछाम, सिन्धुली, काभ्रे, तनहुँ, मुस्ताङ, स्याङ्जा, रुकुम पश्चिम, सल्यान, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा भने संयोजक तोक्न बाँकी छ।
कोशी प्रदेश
पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईँ, सङ्खुवासभामा रामकुमार जिसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुङ्गामा वालगोविन्द राजभण्डारी र उदयपुरमा वसन्त बस्नेतलाई संयोजक तोकिएको छ।
बागमती प्रदेश
दोलखामा ताराकुमार खड्का, रामेछापमा जितबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ र मकवानपुरमा भीम लामालाई जिम्मेवारी दिइएको छ। भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जन संयोजक छन्।
गण्डकी प्रदेश
गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोड गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रदेश
नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरीसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जगतप्रसाद पाण्डे संयोजक तोकिएका छन्।
सुदूरपश्चिम प्रदेश
बाजुरामा धनराज पण्डित, बझाङमा हर्क जङ्गबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई जिम्मेवारी दिइएको छ।
कर्णाली प्रदेश
डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुढा थापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराई संयोजक तोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।