काठमाडौं– भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि प्रयोग भइरहेको प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा रहेको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ छ। यस्तै, दुईवटा वाणिज्य बैंकका खातामा २ करोड ५४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग आह्वान गरेको थियो।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।