एजेन्सी– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणका लागि मानवीय युद्धविरामको आवश्यक रहेको बताएका छन्।
जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग अम्मानमा भएको संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र प्रमुखले जीवन बचाउने सहायताका सबै अवरोध हटाउने र गाजामा उनीहरूलाई पुर्याउन थप प्रवेश बिन्दुहरू खोज्न आफूले जोड दिने बताए।
इजरायलले अन्तर्राष्ट्रिय वैधानिकताका निर्णयहरू पालना गर्नुपर्ने सफादीले बताए। आफूहरुको आधारभूत माग भनेको लडाइँ रोक्न र घेरामा परेको एन्क्लेभमा मानवीय सहायता पुर्याउनु रहेको बताए।
उनले युद्ध समाप्त भएसँगै गाजावासीको त्रास पनि समाप्त हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।