काभ्रेपलाञ्चोक– जिल्लाको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा खोलाको बीचमै रोकिएको छ।
बिहीबार बिहान ९:५० बजेको समयमा बस खोला तर्न नसकी बीचमै रोकिएको जानकारी प्राप्त भएपछि विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट सप्रसनी सुमन बुढाथोकीको कमान्डमा १० जना डीएमसहितको टोली घटनास्थलतर्फ खटिएको थियो।
उद्धारका लागि खटिएको टोलीले बसमा रहेका यात्रुहरूलाई सुरक्षित स्थानमा राखेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।