साँखु- ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले पक्राउ गरेको छ।
मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।
मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङलाई प्रहरीले पक्राउ गरेको छ। दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउपछि फरार रहेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।