डोटी- डोटीको शिखर नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिखर नगरपालिका- ९ की निर्मला रोस्यारा छिन्। ढोस्कोले पुरिएका ३ जनाको सकुशल उद्धार गरिएको छ।
उनको घटनास्थलमै मृत्यु भएको शिखर नगरपालिका प्रमुख दीर्घ बलायरले जानकारी दिएका छन्। घटना शनिबार दिउँसो करिब साढे तीन बजेतिर भएको उनले बताए।
मृतक रोस्याराको शव पुरिएको स्थानबाट निकालिएको शिखर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए।
सो वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएको बेला घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।