काठमाडौं– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकनका लागि संसदीय समिति गठन गरिएको छ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकनका लागि संसदीय समिति गठन गरेको हो।
समितिमा अनिलकुमार झा, भीम रावल, डा मिनेन्द्र रिजाल, निरादेवी जैरु, खेमप्रसाद लोहनी, गणेशप्रसाद ठगुन्ना, प्रभु साह, डा मिनेन्द्र रिजाल, लक्ष्मी परियार, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिना रहेका सभामुख कृष्णबहादुर महराले जानकारी दिए।
समितिमा राष्ट्रियसभाका ४ जना सदस्यको प्रतिनिधित्व रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।