काठमाडौं- दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले 'पुष्पा' सिनेमाबाट आफूलाई प्यान इण्डिया स्टारका रुपमा स्थापित गराए। यद्यपि उनी त्यसअघि नै हिन्दीभाषी सिनेमाप्रेमी माझ चर्चित थिए।
२५० करोड भारुमा बनेको उनको यो सिनेमाले बक्स अफिसमा ३७३ करोड भारतीय रुपैयाँ कमाउन सफल भएको थियो।
हाल दर्शकहरुमा उनको यो सिनेमाको दोस्रो सिक्वेल 'पुष्पा-द रुल'लाई लिएर व्यग्र प्रतीक्षा रहेको छ। सिनेमाले बक्स अफिसमा पुराना रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्ने अनुमान गरिँदै आइएको छ। सिनेमा यही वर्षको अगस्ट १५ मा रिलिज हुनेछ।
यी कुरा सिनेमा रिलिजपश्चात् स्पष्ट नै हुनेछ। तर त्यसअघि नै सामाजिक सञ्जाल इन्स्टाग्राममा अल्लु अर्जुनको फलोअर्स संख्या २५ मिलियन (२ करोड ५० लाख) पार भएको छ।
अल्लुले आफ्ना प्रशंसकहरुलाई यो मायाका लागि इन्स्टाग्राम एक पोस्टमार्फत धन्यवाद दिएका छन्।
यो संख्या दक्षिण भारतीय सिनेमाका कुनै पनि सुपरस्टारभन्दा बढी हो। यो संख्यामा प्रभास, थलपति विजय तथा रजनीकान्त समेत पछाडि रहेका छन्।
उनले २५ मिलियन पुगेकोमा धन्यवाद दिन राखेको पोस्टमा १.४ मिलियनले लाइक गरेका छन्। यसबाट पनि उनको स्टार पावरको गति नाप्न सकिन्छ। 'पुष्पा-२'ले यसलाई अझ माथि पुर्याउने अनुमान गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।