काठमाडौं- वनमा लागेको डढेलोमा जलेर घाइते भएका कालीकोटका बाबुछोरीको उपचारको क्रममा मृत्यु भएको छ।
कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा जलेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।
यही चैत २ गते बाख्रा चराउन गएका बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परी खाँडाचक्र नगरपालिका-५ का बाबुछोरी गम्भीर घाइते भएका थिए।
उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत ल्याइएको थियो। उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।