सर्लाही- सर्लाहीको बसबरिया गाउँपालिका–३ मा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बसबरिया गाउँपालिका–३ का ट्र्याक्टर चालक दिनकर रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ पल्टिँदा बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले बताए।
उनका अनुसार बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरका चालक माझीको ज्यान गएको र ट्र्याक्टरमा सवार ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल रहेका छन्।
ट्र्याक्टर धनी यादव फरार रहेका छन्। दुर्घटनामा संलग्न ट्र्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक थारूले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।