काठमाडौं– कुमारी बैंक लिमिटेड र टिच फर नेपालबीच सहकार्य गर्ने सहमति भएको छ। बैंक र टिच फर नेपालबीच सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षा सबल बनाउनका लागि सहकार्य भएको हो।
सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर बढाउने उद्देश्यले कुमारी बैंकले सिन्धुपाल्चोक, दाङ, पर्सा, लमजुुङ, ललितपुर, धनुषा जिल्लामा टिच फर नेपाललाई सहयोग गर्दै आएको छ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिच फर नेपालका अध्यक्ष रेशु अर्याल ढुंगानालाई १२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरूले २ वर्ष स्वयम्सेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयहरूमा देशका विभिन्न ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयहरुमा प्रशिक्षण दिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।