• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

अर्थमन्त्रालयले ३० करोड दिन नसक्दा स्थगित भयो चैते धान खेतीको क्षेत्र विस्तार

64x64
कल्पना घिमिरे मंगलबार, फागुन २९, २०८०  १६:०९
1140x725

काठमाडौं– ‘धान र आलुमा आत्मनिर्भर हुन एक सय स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने छ। हाइब्रिड जातको धानको विकास र चैते धान खेतीको विस्तार गर्न उत्पादनमा आधारित अनुदान उपलब्ध गराइने छ,’ आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले भनेका थिए।

यस्तै कृषि तथा पशुपक्षी मन्त्रालयले खाद्य सुरक्षाका लागि चैते धान उत्पादन वृद्धि गर्न चालु आर्थिक वर्षमा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने योजना लिएको थियो। तर अन्तिम समयमा आएर २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने कार्यक्रम स्थगित भएको छ। सो योजना चालु आर्थिक वर्षका लागि स्थगित भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव सवनम सिवाकोटी आर्यालले बताइन्।

‘चेतै धानको क्षेत्र विस्तार गर्ने कार्यक्रम स्वीकृतिका कुनलागि अर्थमन्त्रालयमा पठाएका थियौं। तर अर्थले स्वीकृति नदिँदा यो वर्षका लागि ढिला भएकाले लागू हुन सकेन,’ उनले भनिन्, ‘कुन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने कसरी गर्ने, बीउ सिँचाई लगायतको तयारी भइसकेको थियो। अर्थले स्वीकृत दिन ढिलो गर्‍यो तर आगामी वर्षका लागि सहज हुन्छ।’

यस्तै उक्त कार्यक्रमका लागि ३० करोड रुपैयाँ विनियोजन भएको तर उक्त रकम दिन नसक्दा कार्यक्रम नै स्थगित भएको उनको भनाइ छ। ‘यस कार्यक्रमका लागि ३० करोड रुपैयाँ विनियोजन भएको थियो। आर्थिक संकटका कारण अर्थमन्त्रालयले स्वीकृती दिन सकेन,’ उनले भनिन्।

चैते धान उत्पादनको क्षेत्र बढाउन कृषि मन्त्रालय तत्पर रहे पनि अर्थले मन्त्रालयले स्वीकृत नदिँदा योजना सफल हुन नसकेको मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले बताए। यस्तै आगामी वर्षमा १८ हजार हेक्टर जमिनमा ठूला सिँचाइ आयोजनासँग समन्वय गरी सिँचाइ सुविधा पुर्‍याउने बताए। स्यालो ट्युब जस्ता थप दुई हजार हेक्टर थपेर २० हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन गर्न सक्ने देखिएको उनको भनाइ छ।

Ncell 2
Ncell 2

संघीय सरकार आउनुअघि नै चैते धान र मसिना बास्ना धान उत्पादनका विभिन्न कार्यक्रमहरु सञ्चालन थिए। तर पछिल्लो समय यी कार्यक्रमले निरन्तरता पाउन नसकेकाले चैते र मसिनो धानको उत्पादन बढाउने योजना रहेको उनले बताए।

‘मसिनो धान नेपालमा उत्पादन नगर्ने, खाली बाहिरबाट आयात गर्नुपर्ने भएकाले हामीले मसिनो धान उत्पादन गर्ने लक्ष्यले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका हौं,’ उनले भने। आगामी वर्षमा चैते र बर्खे धान उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, युएसएआइडी र देशका ठुला सिँचाई आयोजनासँग सहकार्य गरिरहेको उनको भनाइ छ।

चैते धान उत्पादन गर्दा किसानलाई बिउ उपलब्धता हुने, बिउ किन्नुपरेमा ५० प्रतिशत अनुदान दिइने, सिँचाइ उपलब्ध गराइने डा श्रेष्ठले बताए। ‘साना सिँचाइ योजनाअन्तर्गत स्यालो ट्युबेल आवश्यक परेमा त्यो पनि ५० प्रतिशतमा किसानलाई उपलब्ध गराउने छौं,’ उनले भने, ‘रोपाइँका लागि मेसिनहरु आवश्यक परेमा मेसिनहरु पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइने छ ।’

चैते धान खेतीको फसल भित्र्याउने सिजनमा पानी पर्ने भएकाले धान सुकाउने मेसिनको पनि विभिन्न उद्योगसँग समन्वय गरिने उनको भनाइ छ। यस्तो यो वर्ष स्थगित भएपनि आउँदो वर्षको नीति तथा कार्यक्रममा चैतेधान विस्तारको कार्यक्रम समावेश गर्न अर्थ मन्त्रालयलाई सुझाव दिइसकेको उनले बताए।

‘नीति तथा कार्यक्रममा समेट्न सुझाव दिइसकेका छौं। नीति तथा कार्यक्रममा नआएपनि बजेटमा आउँछ,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम गाउँपालिकाको कृषि विकास शाखामार्फत सञ्चालन हुने कार्यक्रममा इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन् ।... मंगलबार, माघ १३, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको ह... आइतबार, माघ ११, २०८२
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्