काठमाडौं- ललितपुर लगायत काठमाडौंका समेत विभिन्न ठाउँहरुमा लागुऔषधको अवैध बेचबिखन गर्दै आएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२४ धापाखेलका ३६ वर्षीय अनिल गिरी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरकै आँखिदहबाट फागुन २७ गते पक्राउ गरेको हो।
पक्राउ परेका गिरीलाई कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए। सातदोबाटो एरियामा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।
पक्राउ परेका गिरीबाट ४० ग्राम खैरो हेरोइन समेत बरामद भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।