बैतडी– बैतडीमा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ। सिगास गाउंपालिका वडा नम्बर ५ साउनसल्याडीका ५४ वर्षीय प्रेम सिंह धामीको मृत्यु भएको हो।
बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवाखानीमा बालुवा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर धामी गम्भीर घाइते भएका थिए।
बिहीबार साँझ घटना भएको र सोही राति नै धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।