पर्सा- वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरस्थित अमृत साबुन उद्योगमा आज आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ।
बारा परवानीपुर गाउँपालिका– ३ स्थित सो उद्योगमा भएको आगलागी अहिले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।
उद्योगमा लागेको आगो वीरगञ्ज महानगरपालिका, पोखरी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्ज, कलैया नगरपालिका र सिमरा विमानस्थलको बारुणयन्त्रद्वारा आगो निभाइएको हो। आगलागीको कारण तथा क्षतिबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।