काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सको दुई विकेट हात पारेको छ।
नेदरल्यान्ड्सको दुवै विकेट कुशल मल्लले लिएका हुन्। ९औं ओभरको पहिलो बलमै मल्लले नेदरल्यान्ड्सका ओपनर म्याक्स वडुडको विकेट लिएका थिए। दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए।
यस्तै सोही ओभरको पाँचौं बलमा अर्धशतक बनाएर खेलिरहेका अर्का ओपनर माइकल लेविटको विकेट उनले कप्तान रोहित पौडेलबाट क्याच आउट गराए। नेपालले पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।