बझाङ– जिल्ला प्रहरी कार्यलय बझाङले जुवा खेल्दै गरेको अवस्थामा ८ जना लाई पक्राउ गरेको छ। सदरमुकाम चैनपुरमा रहेको माउन्टेन भ्यू होटेलबाट शनिबार राती जुवा खेल्दै गरेको अवस्थामा ८ जना र होटल मालिक गरी नौ जनालाई प्रहरीले निन्त्रणमा लिएको हो।
उनीहरूका साथबाट प्रहरीले ४ लाख २५ हजार ४ सय २० रुपैयाँ नगद समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। मष्टा गाउँपालिका ५ का लाल बहादुर बोहरा, वडा नम्बर ६ का शिवराज बोहरा, वडा नम्बर ७ का मातसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको हो।
यसैगरी जयपृथ्वी नगरपालीका ५ का कलकबहादुर सिंह, वडा नम्बर ३ का गणेश रोकाया, वडा नम्बर ११ का प्रकाश रोकाया रहेको उपरीक्षिक धितालले बताए। यसग्री छबीस पाथीभेरा गाउँपालिका ७ का तिलक धामी र सोही गाँउपालीका वडा नम्बर २ का विराट कठायत रहेका छन्।
पक्राउ परेका जुवाडेलाई फौजदारी कार्यविधि संहिता ऐन २०७४ को १२५ को १ बमोजिम मुद्दा दायर गरिएको उपरीक्षक धितालले उल्लेख गरे। पहिलो पटक जुवा तास खेल्ने व्यक्ति पक्राउ परे तीन महिना कैद वा ३० हजार जरीवाना र दोस्रो पटक प्रक्राउ परे १ वर्ष कैद र ५० हजार जरिवाना गर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।