मेक्सिको सिटी- मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच झडप हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ।
राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले काडेरेता कारागारमा दुई समूहबीच झडप भएको जानकारी दिए। सो कारागारमा यसअघि पनि पटकपटक आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौँको मृत्यु भइसकेको उनको भनाइ छ। पत्रकार सम्मेलनमा प्रवक्ता फास्कीले घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताए।सरकारी उच्च अधिकारीहरूले कारागारको पुनःनिर्माणका लागि आवश्यक निर्देशन दिइसकेको बताएका छन्।
यसै वर्षको गत मार्च महिनामा भएको यस्तै झडपमा परी ४ जनाको मृत्यु भएको थियो भने अरू थुप्रै घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।