काठमाडाैं– चार दिने चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड शनिबार र आइतबार ऐतिहासिक स्थल र प्रविधिको अवलोकन गरेर विताएका छन्। आइतबार उनले १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरे।
उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पुर्याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ । अध्यक्षले त्यसपछि सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकन गरे । सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाएको घरको अवलोकन गरे।
सो स्थानमा माओले प्रयोग गरेका कोठा, पुस्तक, टेबुल, पत्रपत्रिकालगायत छन् । आइतबार नै प्रचण्डले येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावर अवलोकन गरे । उक्त स्थानबाट चिनियाँ लालसेनाले दुश्मनको निगरानी गर्ने गर्दथ्यो ।
स्थानीय उपमेयर, पार्टीका नेताहरु र जनमुक्ति सेनाले अध्यक्ष प्रचण्डको स्वागत गरेका थिए । शनिबार बिहान ग्वान्जाओबाट सान्सी पुगेका उनलाई त्यस प्रान्तका विदेश विभाग प्रमुखले उनलाई स्वागत गरेका थिए । मोटरसाइकल, मोटर र सूचना प्रविधि सम्बन्धी उद्योगहरुको अवलोकन गरे।
शनिबार ग्वान्जाओ पुगेका प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागका उपमन्त्री ग्योे यज्होउले स्वागत गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।