काठमाडौं– कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले कृषियोग्य जमिन खण्डीकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा आइतबार मन्त्री खनालले कृषियोेग्य जमिन खण्डीकरण हुन नदिन सरकारले भू–उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि स्पष्ट पारे ।
मन्त्री खनालले कृषि अर्थतन्त्रको मुख्य आधार भएकाले पनि कृषियोग्य जमिन खण्डीकरण गर्न दिन नमिल्ने बताए । उनले कृषियोग्य जमिनको उचित परिचालनका लागि आवश्यक सुझाव दिन आयोगलाई आग्रह समेत गरेका छन् ।
मन्त्री खनालले कृषि सामग्री संस्थान, खाद्य संस्थान, चिया तथा कफी विकास बोर्ड, कृषि अनुसन्धान परिषद्को कामकारबाही पारदर्शी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।