काठमाडौं– काठमाडौं महानगरपालिकाले १४० जना महानगर स्वयम्सेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ।
यो २४ हप्ताका लागि हो आवेदकमा छनोट भएका स्वयम्सेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयम्सेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयम्सेवक लिन लागिएको हो।
सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्त्वपूर्ण प्लेटफर्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।