काठमाडौं–सञ्चारिका समूहमा नयाँ नेतृत्व चयन गरिएको छ। समूहको ७औं महाधिवेशनले नितु पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा कमला पन्थीलाई चयन गरेको छ भने महासचिवमा बिमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा चयन भएका छन्।
सदस्यहरुमा कृति भट्टराई, कविता थापा, दुर्गा कार्की र बसन्ती वास्तोला चयन भएका छन्। अधिवेशनले सर्वम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो। सञ्चारिका समूहको नयाँ कार्यसमितिका कार्यकाल तीन वर्ष रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।