काठमाडौं– काठमाडौंको थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरी भएको छ। अस्पतालको ओपिडीमा उपचारका लागि आएकी महिलाको बच्चा चोरी भएको हो।
उनले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएको जानकारी उनले प्रहरीलाई दिएकी छिन्।
अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको छ। अस्पताल स्रोताका अनुसार उक्त घटनाको प्रहरीले छानिवन गरिरहेको छ। चोरी भएको बच्चा जम्मा २२ दिनको मात्र भएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।