• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

लुम्बिनी प्रदेशमा सुरक्षा गोष्ठी: सुरक्षाका प्राथमिकता र चुनौतीबारे गम्भीर छलफल 

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०८०  २१:२०
1140x725

नेपालगन्ज– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालगन्जमा आज सुरु भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सम्झौताहीन भएर लागिपर्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्। 

नेपाल सरकार, गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको हो। नेपाली जनताले ठूलो त्याग र बलिदानमार्फत् एकात्मक राज्य व्यवस्थालाई विस्थापित गरेर मुलुकलाई संघीय गणतन्त्रको ऐतिहासिक फड्कोमा पुर्‍याए पनि अपेक्षा अनुसार सामाजिक न्याय, सुशासन र समृद्धि निर्माण हुन नसकेको गृहमन्त्री श्रेष्ठले बताए। 

समाजवादउन्मुख संविधानको लक्ष्यका लागि राजनीतिक, कर्मचारी, सुरक्षा र सबै क्षेत्र तथा संयन्त्रले आफैंलाई रुपान्तरण गरेर र कानुनी मुल्यमा सावित भएर मात्र सामाजिक विकासको फड्को हासिल हुनसक्ने उनले बताए। 

वर्तमान सरकारले सुशासनका पक्षमा ऐतिहासिक पहल सुरु गरेकोले नै ललिता निवासको खर्बौंको जग्गा राज्यलाई फिर्ता आउनसकेको उनले बताए। बाँसबारी छालाजुत्ताको जग्गासमेत राज्यलाई फिर्ता आउने विश्वास उनले व्यक्त गरे। 

शक्तिको आडमा अब कोही बच्न नसक्ने भन्दै उहाँले कुनैपनि शक्तिशालीको प्रभावमा नपर्न, सोसफोर्सको पछि नकुद्न र राजनीतिक शक्तिको अवाञ्छित दबाब नझेली ढुक्कसँग सेवा एवम् सुशासनमा दत्तचित्त हुन उनले निर्देशन दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अतिक्रमण वा कब्जा गरिएका सरकारी जग्गा फिर्ता ल्याउने तथा त्यस्तो गर्नेलाई कारबाही गर्ने प्रक्रिया प्राथमिकता साथ अगाडि बढाइएको र त्यसको एकिन विवरण पेस गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देश गरिएको उनले बताए। त्यसबारे कुनै सूचना वा प्रमाण भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन उनले सबैमा अनुरोध गरे। 

मिटर ब्याजपीडितको समस्या समाधान गर्न सरकारले आयोग र कानुन बनाएको, आयोमा आएका कार्यान्वयन हुन बाँकी उजुरी जिल्ला प्रहरी कार्यालयहरूले हेर्दै गरेको, प्रहरी कार्यालयले नै सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा अभियोजन गर्ने र त्यसको अनुगमन तथा सहजीकरण जिल्ला प्रशासन कार्यालयले गर्ने भएकोले कोही पनि भ्रममा नपर्न उनले अनुरोध गरे। 

‘यसोगर्दा पनि पीडितले न्याय पाउनै नसक्ने सन्दर्भ छन् भने त्यसलाई समाधान गर्न थप अनुसन्धानका लागि सरकार तयार छ,’ उनले भने, ‘त्यसैले कोही भ्रमित नबनौं, भ्रम नछरौं।’ सरकार नीति नै बनाएर सहकारी एवम् वित्तीय संस्थापीडितको समस्या समाधान गर्न लागिपरेको समेत उनले बताए। 

Xtrem
Xtrem

लागू औषधको ओसारपसार र प्रयोग एक नकारात्मक भयावहका रुपमा खडा भएकोले सचेतना र नियन्त्रणलाई सँगसँगै अगाडि बढाइएको उनले बताए। उद्घाटन सत्रमा प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, गृहसचिव दिनेश भट्टराई र प्रदेश गृहसचिव लालबाबु कवारीले समेत बोलेका थिए। 

लगत्तैको अर्को सत्रमा प्रदेशका १२ जिल्लाकै सुरक्षा अवस्था र चुनौतीबारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विवरण प्रस्तुत गरेका थिए। मूल सुरक्षा चुनौतीका रूपमा आत्महत्या, बैंकिङ कसुर, ज्यान केस तथा अभद्र व्यवहार, लागू औषध ओसारपसार तथा प्रयोग, चोरी, जबर्जस्ती करणी, बहु विवाह, ठगी, धार्मिक एवम् साम्प्रदायिक सद्भाव बिथोल्ने जस्ता कतिपय प्रयासबारे प्रमुख जिल्ला अधिकारीहरूले रिपोर्टिङ गरेका थिए। 

प्रशासनिक र कानुनी सँगसँगै अपराध तथा विकृतिविरुद्ध सचेतना अभियान समेत चलाइएको उनीहरूले बताए। गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख स्किम श्रेष्ठ, नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख थानेश्वर गौतम र सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराईले आफू सम्बद्ध महाशाखाको समकालीन प्राथमिकता एवम् कार्यक्रमबारे बोलेका थिए। 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ, प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरी तथा सुरक्षा निकायका प्रमुखहरू लगायतको समीक्षा मन्तव्यसँगै भोलि शुक्रबार गोष्ठीको समापन हुनेछ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते
सम्बन्धित सामग्री
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता मंगलबार, असोज १३, २०८३
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो मंगलबार, असोज १३, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्