काठमाडौं– उद्योग वाणिज्य संघ काठमाडौं गठन भएको छ। उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा संघ गठन भएको हो।
नेपाल चेम्बर अफ कमर्सले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता नवीकरण नगरेपछि काठमाडौंमा संघ गठन भएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट विधिवत रुपमा दर्ता भएपछि नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौं जिल्लाको सदस्यका रुपमा यो संघ गठन भएको हो।
संघका उपाध्यक्षमा हेमराज ढकाल, जयप्रसाद सिवाकोटी र उत्तम श्रेष्ठ चयन भएका छन्। महासचिवमा रमनाथ श्रेष्ठ, सचिवमा लोकनाथ गैरे र कोषाध्यक्षमा सुष्मा महरा चुनिएका छन्। सदस्यहरुमा प्रदिपमान प्रधान, राजेन्द्र शेरचन, रविन श्रेष्ठ लागायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।