सुर्खेत–अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको २ हजार लिटर कच्चा पदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ।
स्थानीय प्रतिनिधि, पत्रकारलगायत सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ हजार लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गरेको हो।
८ थान भाँडावर्तनसहित तयारी अवस्था राखिएको ३ सय ५० लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको जिप्रका सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।
तीज पर्वको अवसर पारेर प्रहरीले सुरु गरेको ‘अवैध मदिरा खोजतलास तथा नष्ट अभियान’ अन्तर्गत प्रहरीले यो अभियान थालेको हो।
‘अवैध घरेलु मदिरा उत्पादन विगतभन्दा निकै नियन्त्रण आएको छ,’ प्रवक्ता चौधरीले भने, ‘समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न हामी खोजतलास अभियानलाई अझ सशक्त बनाएर लैजान्छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।