काठमाडौं- पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा भरतपुरको बोस्टन इन्टरनेसनल कलेजकी छात्रा अन्जली झँवरले उपकुलपति पदक प्राप्त गरेकी छिन्। पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित दीक्षान्त समारोहमा उनले उक्त पदक प्राप्त गरेकी हुन्।
समारोहमहा २०७९ माघ २१ देखि २०८० माघ २४ गतेसम्म ट्रान्सक्रिप्ट लिएका देशभरीका ७ हजार ६ सय ५१ विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भएका छन्।उनीहरुलाई उक्त विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमारले दीक्षित गरेका हुन्। समारोहको प्रमुख अतिथिका रुपमा वरिष्ठ कार्डियोथोरासिक सर्जन प्रा.डा. भगवान कोइराला थिए।
उक्त अवसरमा विभिन्न विधाका ६ हजार ४९ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिएको छन् भने १९ विद्यार्थी विभिन्न पदकबाट सम्मानित भएका छन्।
पोखरा विश्वविद्यालयका आंगिक कलेज ४, सहआंगिक ४ र सम्बन्धन प्राप्त कलेज ५८ वटा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।