सल्यान– सल्यानमा खोलाले बगाउँदा एकै घरका दुई जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका ६ मलिबाङ घर भएका दुई दिदी र भाइको स्थानीय दार्मा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानिय दुर्गा केसीकी श्रीमती पूर्णिमा केसी माइतीघर रुकुमबाट घर फकदै गर्दा शनिबार बेलुका खोला तर्ने क्रममा बगेर उनका १ छोरी र १ छोरा बेपत्ता भएका थिए।
बेपत्ता २ बर्षिय छोरा मोहन केसीको घटनास्थल भन्दा करिब २ किमी टाढा र ६ बर्षिया छोरी रेखा केसीको घटनास्थल भन्दा ३ किमी तल शव फेला परेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्र बहादुर शाहीले जानकारी दिए।
आमा पूर्णिमा भने सकुशल छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।