रसुवा– शनिबार मोटर दुर्घटना हुँदा रसुवामा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ४ जना नेपाली र १ जना चिनियाँ नागरिक घाइते भएका हुन्। घाइतेलाई उपचारार्थ जिल्ला अस्पताल धुञ्चे ल्याइएको छ।
घटना टिमुरेको तातोपानी पारी सर्च ट्याङ्क जाने आयोजनाको सहायक मार्गमा भएको बताइएको छ। माथिबाट ढुङ्गा झरेका कारण दुर्घटना भएको बताइएको छ। ढुङ्गा झरेका कारण त्यस क्षेत्रमा विद्युत समेत अवरोध भएको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।