रसुवा- रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको अडिट २ मा सुख्खा पहिरो जादाँ एक जनाको ज्यान गएको छ। शनिबार बेलुकी ९ बजे आयोजनाको अडिट २मा सुख्खा पहिरो जाँदा एक जनाको ज्यान गएको हो। हेटौडा-११, मकवानपुर भएका बर्ष २२ रमेश कप्रौला पहिराेमा पुरिएर ज्यान गएकाे हाे भने अन्य एक जनाकाे पहिचान हुन बाँकी छ।
त्यस्तै पहिरोमा परि घाईते भएका ५ जनाको उपचारका लागि सदरमुकाम धुन्चे ल्याईदै गरेको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए । उक्त स्थानमा दिउँसोदेखि नै सुख्खा पहिरो गएको थियो। पहिरोमा थप दुई जना हराइरहेको आयोजनाका प्रमुख छबि गैरेले बताए।
उद्धारका लागि घटनास्थलमा शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।