सुर्खेत– रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन्।
नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७०२४ नं को यात्रुबाहक बस दिउँसो सुर्खेतको सुब्बाकुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।
बस ठोक्किँदा घाइते भएका सबैको वीरेन्द्रनगरस्थित माया नर्सिङ होम र देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख वसन्त रजौरेले बताए।
दुवै बस तीव्र गतिमा भएका कारण घटना भएको हुनसक्ने उनले बताए।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज (प्रहरी निरीक्षक) हरि बिसीले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।